दफा १०१
म्याद दिनु पर्ने

(१) अदालतले यस परिच्छेद बमोजिम प्रतिबादीको नाममा म्याद जारी गर्दा बाटाको म्याद बाहेक एक्काइस दिनको अवधि तोकीत्यस्तो फिरादपत्रका सम्बन्धमा प्रतिवाद वा प्रतिरक्षा गर्नको लागि अदालतमा उपस्थित हुन म्याद दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२३ बमोजिम अदालतले प्रतिबादी कायम गरेको व्यक्तिलाई म्याददिँदा बाटाको म्याद बाहेक सात दिनको म्याद दिनु पर्नेछ ।